शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रेम सेवा समाजको १४ औँ बार्षिक साधारणसभा सम्पन्न

प्रेम सेवा समाजको १४ औँ बार्षिक साधारणसभा सम्पन्न

उद्धव चेपाङ

१६, आश्विन २०८१
  • 2.2K
    SHARES
  • प्रेम सेवा समाजको १४ औँ बार्षिक साधारणसभा सम्पन्न

    मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १० मा रहेको प्रेम सेवा समाजको १४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सँस्थाका सचिव राजेन्द्र सिन्तानले सन्चालन गर्नुभएको कार्यक्रममा सँस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । साधारणसभाका प्रमुख अतिथि लोक बहादुर मुक्तानले सामाजिक व्यवहार परिवर्तनमा सँस्थाको महत्वपुर्ण भुमिका रहेको र गाउँपालिका सँग समन्वय र सहकार्यमा कार्यक्रम सन्चालन गर्न सके प्रभावकारी हुने बताउनुभयो ।

    images
    images

    प्रेम सेवा समाजका अध्यक्ष मिरा स्याङ्तानको अध्यक्षतामा भएको साधारणसभामा कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्याता रहेको थियो । कार्यक्रममा कैलाश गाउपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको विशेष आतिथ्यता रहेको थियो भने वडा नम्वर १ का अध्यक्ष तेज बहादुर ब्लोन, वडा नम्वर ७ का अध्यक्ष उदास भ्लोन, ८ का अध्यक्ष आशिष प्रजा, ९ का अध्यक्ष भुवन सिङ घलान, १० का अध्यक्ष सुर्य बहादुर ब्लोन, विभिन्न मन्डलीका अगुवा, पास्टर विभिन्न सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - २२:१२:३९ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology