शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान

राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान

नागरिक पाटी

२६, आश्विन २०८१
  • 3.5K
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान

    राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गर्नुभएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरु गर्नुभएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।

    images
    images

    विजयादशमीका दिन राष्ट्रको अभिभावकका रुपमा राष्ट्राध्यक्षबाट हजारौँ नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् । राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरुले पनि निरन्तरता दिँदै आउनुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८१ शनिवार - १८:५७:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology