मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार सामान्य अङ्कले बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार सामान्य अङ्कले बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

नागरिक पाटी

१, कार्तिक २०८१
  • 1.9K
    SHARES
  • शेयर बजार सामान्य अङ्कले बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    हिजो र अस्ति उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४७ अङ्कले बढेर दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

    images

    आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ६६ करोडको कारोबार भएकोमा आज तीन सय १६ वटा कम्पनीका एक करोड ८८ लाख कित्ता शेयर सात अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै कुमारी बैंकको ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - १६:५८:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology