मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकममा पनि गिरावट

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकममा पनि गिरावट

नागरिक पाटी

५, कार्तिक २०८१
  • 3.0K
    SHARES
  • सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकममा पनि गिरावट

    सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो कारोबार दिन आइतबार ४७ अंकले ओरालो लागेको नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ११.१४ अंकले घटेर ४७६.२४ विन्दुमा पुगेको छ।

    images

    नेप्से उच्च अंकले घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा गिरावट आएको छ। यसदिन ३१९ स्क्रिप्सको १ करोड ३८लाख ६३ हजार ४४३ कित्ता सेयर ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ४४ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ८ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

    यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंको ९.८२ प्रतिशतले बढ्दा कालिका लघुवित्त वित्तीय संस्थाको ५.५२,पिपुल्स हाइड्रोपावरको ४.८४ र मानुषी लघुवित्त वित्तीय संस्थो ३.९९ प्रतिशतले सेयर मूल्य बढ्यो।

    नगदी ग्रुपका लगानीकर्ताले भने यसदिन गुमाए। सो कम्पनीको सेयर ९.२० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    नगदी ग्रुप र कुमारी बैंकले १७/१७ करोड सेयर कारोबार गर्दा नेपाल फाइनान्सको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.३८ प्रतिशतले घट्यो। कारोबारमा आएका २३ स्टक्सको मूल्य बढ्दा २२१ वटाको घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १५:३७:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology