आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशीको पशुपन्छी विकास शाखाद्वारा ११० ओटा कुकुरको बन्ध्याकरण

धुनिवेशीको पशुपन्छी विकास शाखाद्वारा ११० ओटा कुकुरको बन्ध्याकरण

नागरिक पाटी

८, कार्तिक २०८१
  • 3.0K
    SHARES
  • धुनिवेशीको पशुपन्छी विकास शाखाद्वारा ११० ओटा कुकुरको बन्ध्याकरण

    धुनिवेशीको पशुपन्छी विकास शाखाले ११० वटा कुकुरको बन्ध्याकरण गरेको जनाएको छ । हिजो र आज भएको बन्ध्याकरण शिविरमा ११० वटा कुकुरको बन्ध्याकरण गरिएको पशुपन्छी विकास शाखा प्रमुख टंक कटुवालले जानकारी दिए । हिजो पहिलो दिन ५८ र आज अन्तिम दिन ५२ वटा कुकुरको बन्ध्याकरण गरिएको पशुपन्छी विकास शाखा प्रमुख कटुवालको भनाई छ ।

    images

    धुनिवेशी नगरपालिका पशुपन्छी विकास शाखाद्वारा सामुदायिक/छाडा कुकुरहरुको संख्या नियन्त्रण गर्ने उद्देश्यले हिजो देखि भाले तथा पोथी सामुदायिक/छाडा कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रम सुरु गरेका थियो ।

    तिन दिन गर्ने भनिएको शिविर आज नै समापन गरिएको छ । अब बाँकी कुकुरहरुलाई आवश्यकताको आधारमा अन्य दिनमा बन्ध्याकरण गरिने पशुपन्छी विकास शाखा प्रमुख कटुवालको भनाई छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - १९:०२:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology