शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजबाट यमपञ्चक शुरू : धनतेरस मनाइँदै

आजबाट यमपञ्चक शुरू : धनतेरस मनाइँदै

नागरिक पाटी

१३, कार्तिक २०८१
  • 2.2K
    SHARES
  • आजबाट यमपञ्चक शुरू : धनतेरस मनाइँदै

    हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

    images
    images

    आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि शुरू भएको हो । आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ । धनतेरसका दिन सुनचाँदीलगायतका गहना, सिक्का किन्ने गरिन्छ ।

    यसवर्ष यमदीपदान भोलि अर्थात् बुधवारदेखि शुरू हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहार भोलि परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । धनवन्तरी जयन्ती पनि भोलि बुधवार परेको छ ।

    तिथिको घटबढका कारण पर्सि बिहीवार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । बिहीवार अरुणोदयकालमा स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

    बिहीवार दिउँसो तीन बजेर १४ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि त्यसै दिन गर्नुपरेको समितिले जनाएको छ । गाईगोरुपूजा कात्तिक १७ गते शनिवार परेको छ । गोवर्द्धन पूजा र आत्म (म्ह) पूजा पनि त्यसैदिन परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष नेपाल संवत् ११४५ पनि शुरू हुनेछ ।

    कात्तिक १८ गते आइतवार यसवर्षको भाइटीका मनाइँदैछ । बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । तर बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । किजापूजा पनि कात्तिक १८ गते नै गरिन्छ । तिहारको अवसरमा किनमेल, तयारी र अन्य काम शुरू भइसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०८१ मंगलवार - ०८:४४:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology