काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव ५४ अङ्कले बढेर दुई हजार सात सय ३८ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
अघिल्लो कारोबार दिन गएको बुधवार पाँच अर्ब २२ करोडको शेयर कारोबार भएकोमा आज तीन सय २५ वटा कम्पनीका दुई करोड २४ लाख कित्ता शेयर नौ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३८ करोड रुपैयाँको शेयर किनबेच भयो ।