सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से आज ११ दशमलव २४ अङ्कले घट्यो

नेप्से आज ११ दशमलव २४ अङ्कले घट्यो

नागरिक पाटी

२७, कार्तिक २०८१
  • 2.2K
    SHARES
  • नेप्से आज ११ दशमलव २४ अङ्कले घट्यो
    images

    दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २४ अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव ९६ विन्दुमा झरेको छ ।

    images

    आज गूडविल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर सात अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - १९:३८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology