मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार आज बढ्यो, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार आज बढ्यो, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

नागरिक पाटी

२९, कार्तिक २०८१
  • 2.2K
    SHARES
  • शेयर बजार आज बढ्यो, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    काठमाण्डौ । लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर दुई हजार सात सय ४८ दशमलव ७८ विन्दुमा पुगेको छ ।

    images

    आज फाइनान्स, लगानी, बीमा, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । हिजो सात अर्ब ९१ करोडको कारोबार भएकोमा आज तीन सय २१ वटा कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १० अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३५ करोड रुपैयाँको शेयर कारोबार भयो ।

     

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - १७:१३:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology