मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

बढ्यो सेयर बजार, ७ अर्ब ९ करोडको कारोबार

बढ्यो सेयर बजार, ७ अर्ब ९ करोडको कारोबार

नागरिक पाटी

५, मंसिर २०८१
  • 1.8K
    SHARES
  • बढ्यो सेयर बजार, ७ अर्ब ९ करोडको कारोबार

    काठमाडौं । बुधबार सेयर बजार ९.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ ।

    images

    बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

    गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । युनिक नेपाल लघुवित्तको ७.०६ प्रतिशत घट्यो । मूल्य घटेका अरुको ३ प्रतिशतभन्दा कम रह्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, जानाकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास बैंक र बेस्ट फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।

    अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - १६:०८:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology