शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नीलकण्ठ बहुमुखी क्याम्पसको मनाइयो २५ औँ वार्षिक उत्सव

नीलकण्ठ बहुमुखी क्याम्पसको मनाइयो २५ औँ वार्षिक उत्सव

नागरिक पाटी

७, मंसिर २०८१
  • 2.7K
    SHARES
  • नीलकण्ठ बहुमुखी क्याम्पसको मनाइयो २५ औँ वार्षिक उत्सव

    धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पसको २५ औँ वार्षिक उत्सव मनाइएको छ । २०५७ सालमा स्थापना भएको धादिङ जिल्लाकै पहिलो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसको २५ औं स्थापना दिवस मनाइएको हो । क्याम्पसमा विहीबार साँस्कृतिक कार्यक्रमको साथमा एक समारोहको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।

    images
    images

    बागमती प्रदेश सभाका साँसद गोविन्द लंसालको प्रमुख आतिथ्यतामा मनाइएको बार्षिक उत्सव समारोहमा पुर्व प्रदेश साँसद डा। राम कुमार अधिकारी, नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्मा, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी प्रमुख दीपेन्द्र शाही, नीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, १२ का अध्यक्ष धर्मराज भण्डारी, ३ का अध्यक्ष राजकुमार श्रेष्ठ, धादिङमा क्रियाशिल राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधहरु, शिक्षासेवी, पुर्व क्याम्पस प्रमुखहरु, सञ्चालक समितिका पदाधिकारी लगायत क्याम्पस सभाका सदस्यहरु, अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    समारोहमा क्याम्पस प्रमुख नवराज शर्माले क्याम्पसको वर्तमान आर्थिक, भौतिक र शैक्षिक अवस्थाबारे बताउदै आगामी दिनका योजना र चुनौतीहरुबारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

    बार्षिक उत्सवकै अवसरमा क्याम्पसमा स्थापनाकालदेखि नै अध्यापनरत उप प्राध्यापक बद्री प्रसाद कोइरालालाई वर्षको उत्कृष्ट प्राध्यापक र लाइव्रेरियन किशोर श्रेष्ठलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।

    त्यस्तै वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा प्राध्यापक तर्फ सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारी र विद्यार्थी तर्फ स्नातकोत्तर तहकी अनिता
    श्रेष्ठलाई नगद पुरस्कार र प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

    त्यसैगरी वर्षको अधिक पुस्तकालय प्रयोगकर्ताको रुपमा स्नातक तह तेस्रो वर्षकी भवानी भट्टराईलाइ नगद रु १ हजार र प्रशंसापत्र सहित पुरस्कृत गरिएको थियो ।

    क्याम्पसले यस वर्षदेखि उत्कृष्ट अभिभावकको रुपमा समेत सम्मान गर्न थालेको छ । आफ्ना बालबच्चाको पढाईको विषयमा क्याम्पस आएर सोधपुछ गर्ने, सल्लाह सुझाव प्रदान गर्ने अभिभावकहरुलाई यस वर्षदेखि सम्मान गर्ने कामको थालनी गरिएको र यस वर्ष स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा अध्यनरत पुजा घिमिरेकी बुवा हरि घिमिरेलाई सम्मान गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।

    कार्यक्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुले समुदायमा क्याम्पसले पुर्याएको योगदानको चर्चा गर्दै क्याम्पसको विकास र श्रीबृद्धिको लागि आफ्नो आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

    समारोहकै अवसर पारी विभिन्न समयमा क्याम्पसका विभिन्न गतिविधिहरुमा सहयोग गर्ने ब्यक्ति तथा सस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
    स्थापना दिवसको पुर्वसन्ध्यामा क्याम्पसले नीलकण्ठ नगरपालिका वडा नं ८ मा समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको थियो । जसमा १ सय २५ जना स्थानीयहरुले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - ०६:२२:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology