मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

नागरिक पाटी

११, मंसिर २०८१
  • 2.3K
    SHARES
  • धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

    काठमाडौँ । करिब एक वर्षपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।

    images

    सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनोट भएका पाँच उम्मेदवारमध्ये सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा। नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

    बोर्डको अध्यक्षमा नियुक्त श्रेष्ठ व्यवसायी हुनुहुन्छ । स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ बुटवलमा बस्दै आउनुभएको छ । काठमाडौँ विश्वविद्यालयबाट एमबिए उत्तीर्ण श्रेष्ठले स्वाभिमान लघुवित्त र नेपाल एक्सप्रेस फाइनान्सको अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बसेर काम गरिसक्नुभएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - ०६:३०:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology