मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार ३३ अङ्कले बढ्या, ७ अर्ब ४४ करोडको कारोबार

शेयर बजार ३३ अङ्कले बढ्या, ७ अर्ब ४४ करोडको कारोबार

नागरिक पाटी

११, मंसिर २०८१
  • 1.9K
    SHARES
  • शेयर बजार ३३ अङ्कले बढ्या, ७ अर्ब ४४ करोडको कारोबार

    काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य, लगानी समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - १७:१४:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology