आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिद्धबाबा सुरुङमार्ग पुसभित्रै छिचोलिँदै

सिद्धबाबा सुरुङमार्ग पुसभित्रै छिचोलिँदै

नागरिक पाटी

२३, मंसिर २०८१
  • 2.7K
    SHARES
  • सिद्धबाबा सुरुङमार्ग पुसभित्रै छिचोलिँदै

    सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सिद्धबाबा सुरुङमार्गको पुसभित्रै ‘ब्रेक थु्र’ अर्थात् छिचोलिने भएको छ । सम्झौता अवधिभित्रै निर्माण पूरा गर्ने गरी ठेकेदार कम्पनीले २४सैं घण्टा काम गरिरहेको हो ।

    images

    मंसिर १५ गतेसम्म सुरुङमार्गको भौतिक प्रगति ३३ दशमलव ५९ प्रतिशत पूरा भएको सुरुङमार्ग परियोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।

    सुरुङमार्गको कुल लम्बाइ १ हजार १ सय २६ मिटर छ । त्यसमध्ये सुरुङ खन्नुपर्ने क्षेत्रफल १ हजार ८९ मिटर हो । हालसम्म ८ सय २४ दशमलव ८१ मिटर खनिएको छ। बाँकी रहेको २ सय ६४ दशमलव १९ मिटर खनेपछि ‘ब्रेक थु्र’ हुने परियोजनाले जनाएको छ ।

    सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले लिएको छ। ज्ञवालीका अनुसार परियोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ हो । पाँच वर्षभित्र निर्माण गर्न ०७८ फागुनमा परियोजनाको सम्झौता गरिएको थियो । सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ ।

    दुवै तिरको भाग छिचोलिएपछि नाली निर्माण, भेन्टिलेसन, लाइट जडान, सडक कालोपत्रे र फाइनल लाइनिङको काम हुने उहाँले जानकारी दिनुभयो । बिस्फोटक पदार्थ प्रयोग गरेर काम गर्न थालिएपछि निर्माणले गति लिएको हो ।


    images
    images
    images
    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - ०९:१८:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology