आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रभु हाइड्रोले सेयर जारी गर्ने

प्रभु हाइड्रोले सेयर जारी गर्ने

नागरिक पाटी

२८, मंसिर २०८१
  • 2.0K
    SHARES
  • प्रभु हाइड्रोले सेयर जारी गर्ने

    प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्कासन प्रक्रिया अघि बढाउन प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

    images

    सम्झौतापत्रमा प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गर्नुभएको हो । प्रभु हाइड्रो इन्भेष्टमेन्टले ९८ करोड रुपैयाँ सेयर पुँजी बराबरको ५० रुपैयाँ अंकित दरका एक करोड ९६ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ । कम्पनीको दुई अर्ब पाँच करोड अधिकृत पुँजी रहेको छ भने जारी पुँजी दुई अर्ब रहेको छ । कम्पनीको हाल एक अर्ब दुई करोड संस्थापक समूहको चुक्ता पुँजी छ ।

    कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दै आइरहेको छ । प्रभु हाइड्रो इन्भेष्टमेन्टमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्स एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी र हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको मुख्य लगानी रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - ०५:५४:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology