आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

त्रिभुवन विमानस्थल आउँदो माघ १५ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल आउँदो माघ १५ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने

नागरिक पाटी

२८, मंसिर २०८१
  • 3.0K
    SHARES
  • त्रिभुवन विमानस्थल आउँदो माघ १५ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने

    दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो माघ १५ गतेदेखि दैनिक आठ घण्टा मात्र बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग र जहाज गुड्ने ट्र्याक अर्थात् ट्याक्सी–वेको विस्तार गर्न गएको कात्तिक २३ गतेदेखि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुँदै आएको थियो । तर आउँदो माघ १५ गतेदेखि राति ११ बजेदेखि बिहान ७ बजेसम्म मात्रै विमानस्थल बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

    images

    निर्माणको कामले गति लिएको र काम सहज बन्दै गएकोले विमानस्थल खुल्ने समय दैनिक दुई घण्टा थप्न लागिएको क्यानले जनाएको छ । त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा हवाई कम्पनीले उडान कटौती गर्दा भाडा चर्को भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - ०५:५६:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology