शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको महेशदोभानमा श्रीमद् भागवत महायज्ञ सम्पन्न, २५ लाख ४० हजार संकलन

धादिङको महेशदोभानमा श्रीमद् भागवत महायज्ञ सम्पन्न, २५ लाख ४० हजार संकलन

शिवराज आचार्य

१, पौष २०८१
  • 2.9K
    SHARES
  • धादिङको महेशदोभानमा श्रीमद् भागवत महायज्ञ सम्पन्न, २५ लाख ४० हजार संकलन

    धादिङ । धादिङको गल्छी गाउँपालिका स्थित महेशदोभानमा अम्लेश्वर  गुरुकुल संस्कृत वेद विद्याश्रमको गुरुकुल संरक्षण कोष स्थापनाको लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा २५ लाख ४० हजार रकम संकलन भएको छ ।

    images
    images

    सोमबार सम्पन्न भएको महायज्ञमा २५ लाख ४० हजार रकम संकलन भएको बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले जानकारी दिनुभयो ।

    अम्लेश्वर  गुरुकुल संस्कृत वेद विद्याश्रम र  विश्व भागवत धाम कोष, नेपाल उत्तम फाउण्डेशनको आयोजनामा गल्छी वडा नं ६ को महेशदोभानमा गत २३ गते आइतबारदेखि सुरु भएको महायज्ञ आज सोमबार सम्पन्न भएको हो ।

    शनिबार अभिषेक, पूर्णाहुती, शान्तिकलश वितरण, दाता सम्मान गरिएको आयोजगले बताएको छ ।सिद्धलेक गाउँपालिकाका वडा नं–६ स्थित परेवाटारमा बन्दै गरेको धामको प्रचार प्रसार गर्ने उद्देश्यले गरिएको जिल्लास्तरीय १३ वटै स्थानीय तहहरुमा आयोजना गरिने जिल्ला व्यापी अनुष्ठान अन्तर्गत पहिलो अनुष्ठान बुङचुङमा र दोस्रो अनुष्ठान महेशदोभानमा भएको हो । अब बाँकी पालिकामा क्रमश हुँदै जाने पण्डित भट्ट महाराजले बताउनुभयो ।

    राष्ट्र शान्ती एवं धादिङ जिल्लाका समस्त मानव कल्याण, सनातन धर्मको संरक्षण साथै गल्छी गाउँपालिका भित्र दुर्घटना, भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनुभएका समस्त आत्माहरुको शान्ती र पितृउद्धारार्थ कामनाको हेतुले अनुष्ठान आयोजना गरिएको बालतपस्वी पण्डित भट्ट महाराजले बताउनुभयो ।

    केही तस्बिरहरु : 

    470178104_122212660418067230_3978042613602028564_n.jpg

    470197578_122212662860067230_467978791026229362_n.jpg470178618_122212665074067230_9183001098457598441_n.jpg

    470207373_122212659530067230_5881751949487311896_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १९:०४:३७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology