मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ डाँडावासमा बुद्धको मुर्ति अनावरण गरिएको छ । धर्मगुरु टुल्कु सोनाम गर्वाङ रिन्पोछेबाट पुजा तथा बौद्ध धर्म सम्बन्धि धार्मिक प्रबचन सहित बुद्धको मुर्ति अनावरण गरिएको हो ।
३ फिट ४ इन्च उचाई रहेको बुद्धको मुर्ति परिसरमा हिजो साँझ ६ः०० बजे शान्तिको दीप प्रज्वलन गरि बिश्व शान्तिको कामना गरिएको स्थानिय चित्र लामाले जानकारी दिनुभयो ।