शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनिघाट रोराङले शैक्षिक उत्थान कोषमा रकम संकलन गर्न महायज्ञ लगाउँदै

बेनिघाट रोराङले शैक्षिक उत्थान कोषमा रकम संकलन गर्न महायज्ञ लगाउँदै

नागरिक पाटी

१९, पौष २०८१
  • 2.0K
    SHARES
  • बेनिघाट रोराङले शैक्षिक उत्थान कोषमा रकम संकलन गर्न महायज्ञ लगाउँदै

    धादिङ । बेनिघाट रोराङ गाउँपालिका भित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न श्रोत संकलन गर्ने उद्देश्यले गाउँपालिकाले सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।

    images
    images

    शैक्षिक गुणस्तरमा सुधार गरेर सम्वन्धित समुदायको जीवनमा आर्थिक सामाजिक रुपान्तरण गर्न सकिने भन्दै यसकालागि गाउँपालिकाको आर्थिक श्रोत कम भएकोले श्रोत संकलनकालागि महायज्ञ लगाउन लागेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले बताउनु भयो ।

    गाउँपालिकामा बिहिवार पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष थपलियाले हालै वडा नम्वर ८ मा सञ्चालनमा ल्याएको एकिकृत छात्राबासले शैक्षिक गुणस्तर सुधार र बालबालिकाको पढ्न पाउने अधिकारलाई बलियो बनाउने उद्देश्यले महायज्ञ लगाउन लागिएको बताउनु भयो। उहाँले जनसहभागितामा आधारित विकास र जनसहभागितामा आधारित शासन व्यवस्थाको कार्यान्वयनको लागि पनि यस्ता कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यसैगरि प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरेले श्रोत संकलनका विभिन्न उपायहरु मध्ये महायज्ञ पनि एक भएको बताउँदै सबै धर्म र संस्कृति अनुसारका कार्यक्रम मार्फत श्रोत संकलन गरिने दाबी गर्नुभयो ।

    बेनिघाट रोराङ गाउँपालिका आयोजक भएर सञ्चालन हुने सप्ताह ज्ञान महायज्ञ आगामी माघ १७ देखि २३ सम्म चल्ने गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का अध्यक्ष रोशन कुमार सिलवालले जानकारी दिनु भयो । महायज्ञमा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गर्ने बेनिघाट रोराङ गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे,वडा न. ७ का वडा अध्यक्ष कुमार बस्नेत लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - ०६:१४:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology