हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ विन्दुमा पुगेको छ ।
आज बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार चार अर्ब ६० करोडको शेयर कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका ९३ लाख ८६ हजार कित्ता शेयर चार अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ ।