मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

नागरिक पाटी

२४, पौष २०८१
  • 1.8K
    SHARES
  • नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

    शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५३ अङ्कले बढेर दुई हजार ६ सय ५३ दशमलव ३८ विन्दुमा पुगेको छ ।

    images

    आज बैंक, होटल, लगानी, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३८ करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर ६ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १५:३२:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology