सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

नागरिक पाटी

२९, पौष २०८१
  • 2.1K
    SHARES
  • शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो
    images

    शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.५४ अंकले घटेर २ हजार ५९४.१३ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

    images

    आज आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ९९ करोडको शेयर कारोबार भएकोमा आज तीन सय २२ वटा कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४५ करोड रुपैयाँ शेयर किनबेच भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १६:०६:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology