मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

नागरिक पाटी

२९, पौष २०८१
  • 2.0K
    SHARES
  • शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

    शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.५४ अंकले घटेर २ हजार ५९४.१३ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

    images

    आज आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ९९ करोडको शेयर कारोबार भएकोमा आज तीन सय २२ वटा कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४५ करोड रुपैयाँ शेयर किनबेच भयो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १६:०६:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology