शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा माघ १० गते देखी लोक सांस्कृतिक महोत्सव हुने

धादिङमा माघ १० गते देखी लोक सांस्कृतिक महोत्सव हुने

नागरिक पाटी

६, माघ २०८१
  • 2.4K
    SHARES
  • धादिङमा माघ १० गते देखी लोक सांस्कृतिक महोत्सव हुने

    धादिङमा यही माघ १० गतेदेखी लोक सांस्कृतिक महोत्सव हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा माघ १० गतेदेखी २० गतेसम्म सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा जिल्लामै पहिलो पटक लोक सांस्कृतिक महोत्सव हुने भएको हो। शनिबार आयोजकले पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी तिव्र पारिएको जानकारी दिएको छ।

    images
    images

    धादिङको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले पत्रकार सम्मेलनमा बताउनुभयो।
    कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको कोइरालाले बताउनुभयो।

    पत्रकार सम्मेलनमा लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने जानकारी दिनुभयो।

    यो महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि ूकलाकार कल्याणकारी कोषू स्थापना गर्ने लक्ष्य राखिएको गैरेले बताउनुभयो।
    महोत्सवको प्रमुख आकर्षणका रुपमा जिल्लाको अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगिता रहेको उहाँको भनाई छ।
    महोत्सवमा मौलिक र जातिय पहिचानको झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको छ।

    लोकसंस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र सम्वृद्धिको मूल आधारू भन्ने नारा सहित आयोजना गरिएको महोत्सव एक सय वटा स्टल राखिने आयोजकले बताएको छ। महोत्सवबाट तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने आकलन गरिएको आयोजकले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - ०६:१४:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology