शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका प्रधानाध्यापकहरुका लागि जिल्ला स्तरीय क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

धादिङका प्रधानाध्यापकहरुका लागि जिल्ला स्तरीय क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

शिवराज आचार्य

१०, माघ २०८१
  • 2.6K
    SHARES
  • धादिङका प्रधानाध्यापकहरुका लागि जिल्ला स्तरीय क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

    धादिङ । सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको जिल्ला स्तरीय बैठक तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

    images
    images

    जिल्ला विकास तथा समन्वय इकाई धादिङको आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम जिल्ला समन्वय समिति धादिङको सभाहलमा सम्पन्न भएको हो।

    कार्यक्रममा जिल्ला भित्रका ९५ माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा ८ पालिका शिक्षा शाखा प्रमुखहरूको सहभागीता रहेका थियोे ।

    नेतृत्व, विद्यालय व्यवस्थापन, परिक्षामा सुधार लगायतका विषयमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक, र अभिभावकलाई सकारात्मक प्रेरणा दिन कार्यक्रम आयोजना गरिएको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख भुमिलाल सवेदीले जानकारी दिनुभयो ।

    कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा।डा। बासुदेब सुवेदी, नारायणी माविका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले सहजीकरण गर्नुभएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २१:३९:२६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology