शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङको राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

बेनीघाट रोराङको राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

नागरिक पाटी

११, माघ २०८१
  • 3.2K
    SHARES
  • बेनीघाट रोराङको राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

    खोरभज्याङ, धादिङ। बेनिघाटरोराङ गाउँपालिका वडा नं १० मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४८ जना बालबालिकालाई विद्यालय पोशाक, झोला, र शैक्षिक सामग्री वितरण गरिएको छ। यससँगै वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा अध्ययनरत १ हजार १ सय ५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ।

    images
    images

    शैक्षिक सामग्रीको अभावका कारण विद्यालयमा नियमित जान नसकिरहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न यो सहयोग गरिएको हो ।“शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत प्रदान गरिएको यो सहयोगले बालबालिकालाई विद्यालय जान प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज बनाउने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । बालबालिकाको भविष्य उज्यालो बनाउन प्रयास नेपाल धादिङ निरन्तर क्रियाशील रहेको पनि अर्यालले बताए।

    शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार, डिएस अफिसर श्रीकान्त लुइँटेल, र राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश अर्याल लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमका प्रधानाध्यापक गणेश अर्यालले शैक्षिक सामग्रीको उपलब्धताले बालबालिकाको पढाइमा सहजता ल्याउने र विद्यालय प्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गरे। “बालबालिकाले पढ्न र सिक्न चाहन्छन् तर, शैक्षिक सामग्रीको अभावले उनीहरूको यो चाहना धेरैपटक अधुरो रहेको अवस्थामा गरिएको यो सहयोगले उनीहरूको पढाइलाई निरन्तरता दिन ठूलो सहयोग पुर्‍याउनेछ,”उनले भने।

    बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस प्रकारका सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रयास नेपालका अध्यक्ष वीर बहादुर श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे। शैक्षिक सामग्री वितरणको क्रममा बालबालिकाको उत्साह र खुशी देखेर आफूहरू अझ बढी प्रेरित भएको अध्यक्ष श्रेष्ठले बताए।
    बालबालिकाको शिक्षा ,बाल अधिकार र समग्र विकासमा प्रयास नेपाल,धादिङले महत्वपूर्ण योगदान दिँदै आइरहेको प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १९:०५:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology