आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नीलकण्ठमा एचपिभि विरुद्धको खोप ५७ खोपकेन्द्रबाट लगाइने

नीलकण्ठमा एचपिभि विरुद्धको खोप ५७ खोपकेन्द्रबाट लगाइने

नागरिक पाटी

११, माघ २०८१
  • 2.4K
    SHARES
  • नीलकण्ठमा एचपिभि विरुद्धको खोप ५७ खोपकेन्द्रबाट लगाइने

    धादिङ । नीलकण्ठ नगरपालिकामा पाठेघर क्यान्सर विरुद्धको एचपिभि (ह्युमन पापिलोमाभाइरस) खोप माघ २२ देखि २६ गतेसम्म ५७ खोप केन्द्रहरुमा लगाइने भएको छ।

    images

    शुक्रबार नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा “एचपिभि खोप अभियान २०८१” अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठि र बैठक सम्पन्न भएको छ ।


    बैठकले माघ २२ देखि २६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एचपिभि खोप लगाईने निर्णय गरिएको छ ।

    सरोकारवालाहरूलाई एचपिभि खोप अभियानको महत्व, कार्यान्वयन प्रक्रिया, खोपको प्रभावकारिता, र अभियानलाई सफल बनाउन सामुदायिक सहयोग, समन्वय, तथा सञ्चालनका उपायहरूका बारेमा नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वाथ्य अधिकृत स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी गराउनुभयो ।

    खोप अभियानलाई सफल बनाउन सबै पक्षहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । खोप अभियानमा बालिकाको सहभागिता सुनिश्चित गर्न नीलकण्ठ नगरपालिकाले विशेष पहल गर्ने जनाएको छ।

    नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न गोष्ठिमा नगरपालिका प्रमुख भिम प्रसाद ढुङगाना, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल, नगर प्रवक्त तथा वडा नं ८ का अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १९:३२:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology