नुवाकोटको बेलकोटगढी नगरपालिकाले वडा नम्बर २ कुमरीलाई कफि उत्पादन पकेट क्षेत्र बनाउनको लागी पहल अगाडी बढाएको छ । वागमती प्रदेश सरकारद्धारा प्रस्तावित एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत कुमरीलाई कफिको पकेट क्षेत्र बनाउनको लागी वडामा छलफल कार्यक्रम पनि गरिएको छ ।
प्रदेश सरकारको आर्थिक बर्ष २०८१/०८२ मा बजेट सहित अनुमोदित कार्यक्रम एक वडा एक उत्पादन कार्यक्रममा बेलकोटगढी नगरपालिकाले प्रस्ताव गरेको धेरै कार्यक्रममध्ये स्विकृत कफिको लागि वडा नम्बर २ कुमरीलाई कफि उत्पादन क्षेत्र बनाउनका लागि पहल गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
प्रदेश सरकारको ६० प्रतिशत, बेलकोटगढी नगरपालिकाको २० प्रतिशत र स्थानीय जनताको २० प्रतिशत गरी यस आर्थिक बर्षमा ६६ लाख रुपैयाँ खर्च गर्नेगरी सुरुवात गरिएको नगरप्रमुख गुरुङको भनाई छ । कुमरीमा अरबिका कफी उत्पादनको लागी योग्य जमिन रहेको बताईएको छ ।