आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थप ६ इजरायली बन्धकलाई हमासले रिहा गर्ने

थप ६ इजरायली बन्धकलाई हमासले रिहा गर्ने

नागरिक पाटी

१४, माघ २०८१
  • 2.2K
    SHARES
  • थप ६ इजरायली बन्धकलाई हमासले रिहा गर्ने

    हमासले उत्तरी गाजामा मानिसलाई फर्कन अनुमति दिने भएपछि थप ६ इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने बताएका छन् । उनले उत्तरी गाजाका मानिसलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।

    images

    रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि थिए । नागरिक रिहा नभएको भन्दै इजरायलले उत्तरी गाजाका मानिसलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन । हमासले शनिबार चारजना बन्धकलाई रिहा गरे पनि त्यतिबेला अर्बेल येहुदलाई रिहा गरेको थिएन ।

    इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो । सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नुपर्ने थियो । गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धकलाई रिहा गरेको छ । इजरायलले बदलामा दुई सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बीबीसी

     

    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १०:५७:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology