आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एचपीभी खोप अभियानको तयारी पूरा

एचपीभी खोप अभियानको तयारी पूरा

नागरिक पाटी

१६, माघ २०८१
  • 1.9K
    SHARES
  • एचपीभी खोप अभियानको तयारी पूरा

    पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको तयारी पूरा भएको छ । यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने खोप अभियानको तयारी पूरा भएको हो ।

    images

    स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान गौतमले माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा दुई साताको खोप अभियानका लागि तयारी पूरा भएको बताएका हुन् ।

    पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ ।

    यो खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरी अनुमान गरिएको छ । यो अभियानको लागि १७ लाख ७० हजार २० मात्रा एचपीभी खोप देशभर लगाइने छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - १५:५४:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology