शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शैक्षिक सुधारका लागि धादिङको वेनीघाट रोराङमा महायज्ञ सुरु

शैक्षिक सुधारका लागि धादिङको वेनीघाट रोराङमा महायज्ञ सुरु

शिवराज आचार्य

१७, माघ २०८१
  • 2.6K
    SHARES
  • शैक्षिक सुधारका लागि धादिङको वेनीघाट रोराङमा महायज्ञ सुरु

    धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शैक्षिक सुधारका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरेको छ । ‘शिक्षाको लागि भिक्षा’ अभियान चलाएर आज (विहिबार)बाट सुरु गरिएको महायज्ञ माघ २३ गतेसम्म संचालन हुने छ । चरौंदी खेल मैदानमा सुरु भएकोे महायज्ञमा मञ्जरी राधिका दासीले भागवतको कथा वाचन गर्नेछिन् । महायज्ञको बिहीवार राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले उद्घाटन गरेका हुन् ।

    images
    images

    475334745_1440669004001492_8415758428961268594_n.jpg

    बेनीघाट रोराङ गाउँपालिका भित्रका सामुदायिक विद्यालयको सवलीकरण मार्फत गुणस्तरीय शिक्षामा सबैको समतामुलक पहुँच स्थापित गराउने उद्देश्यले गाउँपालिकाले नै श्रीमद्भागवत सप्ताह सुरु गरेको हो । आमा बाबु नभएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लालन पालन, पोषण र शिक्षादीक्षा सुनिश्चित गर्न यो महायज्ञले सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले बताउनु भएको छ ।

    गाउँपालिकामा आवश्यकता अनुसार आवासीय विद्यालयको विस्तार गरी संचालन तथा व्यवस्थापनमा महायज्ञको आम्दानी लगानी हुनेछ । ‘विपन्न, दलित, सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक रुपान्तरण गर्न, गरिबी र बञ्चितिकरणको पुस्तान्तरण चक्रलाई तोड्ने लक्ष रहेको अध्यक्ष थपलियाले बताउनु भएको छ ।

    475242882_1440669400668119_5706864950370391583_n.jpg

    बेनीघाट रोराङ गाउँपालिकाको शैक्षिक उत्थानमा योगदान गर्ने र अध्यात्मिक स्वास्थ्य प्रवर्धन मार्फत् समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यको रक्षा गर्ने पनि महायज्ञको उद्देश्य रहेको गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनु भयो । ‘हामी शैक्षिक सुधारको सवालमा एकजुट भएर काम गर्दै आएका छौं । त्यसैले शिक्षाको लागि भिक्षा मागिएको यस अभियानमा हुनेले नहुनेका लागि, सक्नेले नसक्नेका लागि खुला उदार मनले सहयोग गर्न आग्रह गरिएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

    475770165_1440669210668138_1285271604573818806_n.jpg

    गाउँपालिकाले वडा नम्बर ८, विदाङमा रहेको कालिका माध्यमिक विद्यालयलाई आवासीय विद्यालय संचालन गरिरहेको छ । गाउँपालिकाको १६ औं गाउँसभाले विभिन्न माध्यमबाट संकलन हुने श्रोतको कोष सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्न ‘शैक्षिक उत्थान कोष व्यवस्थापन ऐन–२०८१’ समेत पारित गरि कार्यान्वयनमा ल्याईसकेको छ । यहि ऐनको आधारमा कोषको रकम परिचालन गर्ने र शैक्षिक सुधारका कार्यक्रममा सञ्चालन हुने उपाध्यक्ष श्रेष्ठले बताउनु भयो ।475707499_1440669817334744_586049918862206660_n.jpgमहायज्ञमा बेनीघाट रोराङका एक सय ४७ जना कर्मचारीले एक महिनाको तलब दान दिने भएका छन् । यसो गर्दा कर्मचारीहरुबाट मात्रै ४७ लाख रुपैंया भागवतमा संकलन हुने भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०८१ बिहिवार - १९:०३:३७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology