मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजारमा झन्डै १३ अर्ब रुपैयाँको कारोबार

शेयर बजारमा झन्डै १३ अर्ब रुपैयाँको कारोबार

नागरिक पाटी

२०, माघ २०८१
  • 1.8K
    SHARES
  • शेयर बजारमा झन्डै १३ अर्ब रुपैयाँको कारोबार

    हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९.८० अङ्कले बढेर २ हजार ७ सय २७.५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images

    आज ९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बजार उच्च अङ्कले बढेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय ३० वटा कम्पनीका २ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ५ महिनायताकै उच्च हो । यसअघि गएको भदौ १८ गते १३ अर्ब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - १९:०२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology