बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन् ।
सभामुख भुवनकुमार पाठकको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलगायत विषयमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा टुंगो लगाउने तथा प्रदेशसभामा सरकारलाई विधेयकहरू पेस गर्न दिने सहमति कायम भएको हो । प्रदेशसभाको बैठक आज बिहान ११ बजे आह्वान गरिएको छ ।