सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

धादिङका ७ हजार ७७० किशोरीहरुले लगाए खोप

धादिङका ७ हजार ७७० किशोरीहरुले लगाए खोप

नागरिक पाटी

३०, माघ २०८१
  • 2.1K
    SHARES
  • धादिङका ७ हजार ७७० किशोरीहरुले  लगाए खोप

    धादिङमा पहिलो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सम्पन्न भएको छ । माघ २२ देखि सुरु भएको पहिलो चरणको खोप अभियान अन्तरगत ७ हजार ७७० किशोरीहरुलाई खोप लगाइएको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर निरीक्षक श्याम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    images

    जनस्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा नीलकण्ठ नगरपालिकाका ३ हजार ६९, रुवीभ्यालीका ३९५, खनियावासको ५ सय ३, नेत्रावती डबजोङको ३ सय ४६, गंगाजमुनाका ७ सय ३६, त्रिपुरासुन्दरीका ८ सय ३३, ज्वालामुखीका ८ सय ६५, सिद्धलेकका १ हजार १२ गरी ७ हजार ७७० किशोरीहरुलाई ‘एचपीभी खोप’ लगाइएको छ ।

    पोखरेलका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । त्यसैगरी दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    यस अभियानबाट धादिङका १४ हजार ५ सय ७३ किशोरीलाई खोप लगाईने खोप सुपरभाइजर पोखरेलले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ०६:०६:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology