नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव जारी छ । पीपलटार फुटवल क्लबको आयोजनामा भएको महोत्सव आउँदो फागुन ७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा २ सय ५० भन्दा बढी स्टल छन् ।
जालपा मिडिया सर्भिसको व्यवस्थापनमा भएको महोत्सवमा राष्ट्रिय, स्थानीय तथा म्हेन्दोमायाका साथै हास्यव्यङ्ग्य प्रहसनसहित विविध क्षेत्रका कलाकारले दर्शकलाई मनोरञ्जन दिलाउने आयोजक पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले बताए।