धादिङका कलाकार तथा मोडल रमेश श्रेष्ठको अभिनयमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ईन्द्र मगर युटुव च्यानलबाट हालसालै मात्र मुख थुन्दिम नामको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा श्रेष्ठलाई मोडल मञ्जु श्रेष्ठले साथ दिएकी छिन् । भुपेन्द्र रानाको निर्देशन रहेको भिडियोमा माया लामाको कन्सेप्ट, रोशन धितालको सम्पादन र हरिश महराको सिनेमाटोग्राफी रहेको छ ।
यो गितको भिडियो हेर्नुहोस् ।
यस्तै ईन्द्र मगर र रचना रिमालको आवाज रहेको उक्त गितमा ईन्द्र मगरकै शब्द, नारायण दँगालको एरेन्ज, सागर पुनको रेर्कड, कुमार सानु पुनको मिक्सिङ र म्युजिक क्रियशन नमराज ढुँगाना र ईन्द्र मगरको रहेको छ । कलाकार तथा मोडल रमेश श्रेष्ठको यसअघि तिम्रो छेउमा नामको म्युजिक भिडियो पनि सार्वजनिक भएको थियो ।
उक्त गितको भिडियो हेर्नुहोस् ।
श्रेष्ठले दर्जन भन्दा बढि गितमा मोडलिङ गरिसकेका छन् । उनि धादिङको धुनिवेशी नगरपालिका निवासी हुन् ।