शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सकियो ‘बलिदान’को छायांकन

सकियो ‘बलिदान’को छायांकन

नागरिक पाटी

३, फाल्गुण २०८१
  • 2.5K
    SHARES
  • सकियो ‘बलिदान’को छायांकन

    चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले निर्देशन गरेको चलचित्रको छायांकन चार महिनामा सकिएको हो ।

    images
    images

    शुक्रबार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।

    निर्देशक सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकनको चरण पार गरेको बताएका छन् । निर्देशक सेनले ‘बलिदान’लाई ‘महान चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता नगरेको बताएका छन् ।

    चलचित्रको प्रमुख भूमिकामा समीर भट्टको प्रमुख भूमिका छ । सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मालगायत कलाकारको पनि अभिनय छ । आसुसेन फिल्म्स प्रा।ली।को प्रस्तुति रहेको चलचित्रमा पवन ब्राडफोर्ड विस्ट निर्माता र प्रेम पुरी सह–निर्माता छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - १२:१२:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology