सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार लगातार तेस्रो दिन बढ्यो, १० अर्ब भन्दा बढिको कारोबार

शेयर बजार लगातार तेस्रो दिन बढ्यो, १० अर्ब भन्दा बढिको कारोबार

नागरिक पाटी

६, फाल्गुण २०८१
  • 3.1K
    SHARES
  • शेयर बजार लगातार तेस्रो दिन बढ्यो, १० अर्ब भन्दा बढिको कारोबार
    images

    शेयर बजार परिसूचक नेप्से आज ११.९१ अङ्कले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।

    images

    आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

    आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सप्तकोशी विकास बैंक र केबीएल डिबेन्चर २०८६ को शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १० अर्ब ४ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका १ करोड ८२ लाख कित्ता शेयर १० अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - १७:५६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology