आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सकको आन्दोलन स्थगित

सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सकको आन्दोलन स्थगित

नागरिक पाटी

९, फाल्गुण २०८१
  • 4.0K
    SHARES
  • सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सकको आन्दोलन स्थगित

    चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयमा सरकारसँग ९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । स्वास्थ्यमन्त्री, महाशाखा प्रमुख र संघका पदाधिकारीबीच भएको छलफलले स्वास्थ्यकर्मीले उठाएका माग सम्बोधन गर्ने सहमति भएको हो ।

    images

    शुक्रबारको छलफलबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको ३ महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भे पूरा गरी मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने निर्णय भएको छ ।

    यसका लागि स्वास्थ्य मन्त्रालयबाट प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासनतर्फको उपसचिव र संघको प्रतिनिधि रहने गरी ३ सदस्यीय कार्यदलले एक हप्ता भित्र कार्यविधि तयार गरि पेश गर्ने निर्णय भएको छ ।

    यसैगरी इन्टर्नसिप र आवासीय चिकित्सकलाई नेपाल सरकारको प्रचलित नियम अनुसार ड्युटी समय, काम गर्ने वातावरण र सेवा सुविधा, बिदा र स्वस्थ्य कार्यस्थलको सुनिश्चितता लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई पत्राचार गर्ने निर्णय भएको छ ।

    बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधेर कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिने दिएका थिए ।

    सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - १८:३९:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology