सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से २९ सय विन्दु पुगेर फर्कियो, दुई सातापछि ‘करेक्सन’

नेप्से २९ सय विन्दु पुगेर फर्कियो, दुई सातापछि ‘करेक्सन’

नागरिक पाटी

१९, फाल्गुण २०८१
  • 4.0K
    SHARES
  • नेप्से २९ सय विन्दु पुगेर फर्कियो, दुई सातापछि ‘करेक्सन’
    images

    हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ । आज बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो । नेप्से लगातार ९ कारोबार दिनपछि आज घटेको हो ।

    images

    आज समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०८१ सोमवार - १६:३०:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology