मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से २९ सय विन्दु पुगेर फर्कियो, दुई सातापछि ‘करेक्सन’

नेप्से २९ सय विन्दु पुगेर फर्कियो, दुई सातापछि ‘करेक्सन’

नागरिक पाटी

१९, फाल्गुण २०८१
  • 3.9K
    SHARES
  • नेप्से २९ सय विन्दु पुगेर फर्कियो, दुई सातापछि ‘करेक्सन’

    हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ । आज बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो । नेप्से लगातार ९ कारोबार दिनपछि आज घटेको हो ।

    images

    आज समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०८१ सोमवार - १६:३०:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology