आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव २८ अङ्कले बढेर २ हजार ७ सय ३६ दशमलव ४८ विन्दुमा पुगेको छ ।
आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । शेयर बजार दोहोरो अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । हिजो ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका २ करोड २९ लाख कित्ता शेयर ८ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।