मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार ३९ अङ्कले बढ्यो

शेयर बजार ३९ अङ्कले बढ्यो

नागरिक पाटी

१३, चैत्र २०८१
  • 4.0K
    SHARES
  • शेयर बजार ३९ अङ्कले बढ्यो

    हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय २१ दशमलव ८६ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै फाइनान्स, होटल, जलविद्युत्, लगानी, निर्जीवन बीमा समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज माउन्टेन हाइड्रो नेपाल, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।

    नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १८ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०८१ बुधवार - १६:०२:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology