कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एंव वजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग छलफल गरेका छन् ।
सिंहदरवार स्थीत मन्त्रालयमा विहिबार भएको छलफलमा जिल्लाका २ नगरपालिका र ११ वटा गाँउपालिकाका प्रमुख तथा उपप्रमुख , मन्त्रालयका सचिवद्धय डा .गोविन्द प्रसाद शर्मा , डा.राजेन्द्र प्रसाद मिश्र लगायत सहभागी थिए ।
छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सवैको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गरको वताए । कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुने भएकाले स्थानीय तहवाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने मन्त्री अधिकारीले बताउनु भयो।