शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरस्तरिय कविता प्रतियोगितामा डियरवाक धादिङ स्कुलका पाण्डे प्रथम

धुनिवेशी नगरस्तरिय कविता प्रतियोगितामा डियरवाक धादिङ स्कुलका पाण्डे प्रथम

आशिष ठकुरी

१७, चैत्र २०८१
  • 16.7K
    SHARES
  • धुनिवेशी नगरस्तरिय कविता प्रतियोगितामा डियरवाक धादिङ स्कुलका पाण्डे प्रथम

    धादिङको धुनिवेशी नगरपालिकामा भएको कविता प्रतियोगितामा डियरवाक धादिङ स्कुलका सँस्कृती पाण्डे प्रथम भएकी छिन् । कुल शिरोमणी दाशु स्मृती तथा अनुष्ठान प्रतिष्ठानको आयोजना र नगरपालिकाको सहकार्यमा माध्यमिक तहका विद्यार्थी विच भएको कविता प्रतियोगितामा पाण्डे प्रथम भएकी हुन् ।

    images
    images

    प्रतियोगितामा धुनिवेशी आवासिय विद्यालयका रविन्द्र कुँवर दृतिय र महेन्द्रोदय माध्यमिक विद्यालयका अर्चना तामाङ तृतिय भएका छन् । यस्तै मच्छिन्द्र माध्यमिक विद्यालयका प्रिति खत्री र धुनिवेशी आवासिय माविका श्रेया पाण्डेले सान्तवना स्थान हासिल गरेका छन् । ८ जना विद्यार्थीहरुले प्रतियागितामा सहभागिता जनाएका थिए । प्रथम, दृतिय, तृतिय र सान्तवना हुने विजेताहरुलाई क्रमश ६,०००, ५०००, ४००० र २५०० नगद सहित प्रमाणपत्र पनि वितरण गरिएको छ । प्रतियोगितामा प्रा.डा. देवी नेपाल, डा. यज्ञेश्वर निरौला र कुमारी लामाको मुल्याङ्कन समिती रहेको थियो । यसैगरी आयोजकको तर्फबाट साझेदार निकाय धुनिवेशी नगरपालिकाको नगरप्रमुख बालकृष्ण आचार्यलाई कदरपत्र प्रदान गरिएको छ ।

    nagar 1.jfif

    कविता प्रतियोगिता सँगै नेपाली भाषा, साहित्य र सिर्जना सम्बन्धी चर्चा कार्यक्रममा गरिएको छ । शेखर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा कुल शिरोमणी दाशु स्मृती तथा अनुष्ठान प्रतिष्ठानका पदाधिकारी, सदस्य, धुनिवेशी नगरपालिकाको नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०८१ आइतवार - २१:१५:०७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology