मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार उच्च अङ्कले घट्यो

शेयर बजार उच्च अङ्कले घट्यो

नागरिक पाटी

२५, चैत्र २०८१
  • 3.6K
    SHARES
  • शेयर बजार उच्च अङ्कले घट्यो

    हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच अङ्कले घटेको छ । हिजो सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबार भएकोमा शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर दुई हजार छ सय ७० दशमलव ०६ बिन्दुमा झरेको छ ।

    images

    आज सबै उपसमूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार उपसमूह तीन प्रतिशत भन्दा धेरै र फाइनान्स उपसमूह दुई प्रतिशतभन्दा धेरै घटेको छ । आज अप्पर हेवाखोला हाइड्रोपावरको शेयर नौ प्रतिशत भन्दा धेरै घट्यो । समग्रमा बजार घटे पनि बाराही हाइड्रोपावरको शेयर भने सात प्रतिशत भन्दा धेरैले बढेको छ ।

    आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गएको बिहिवार सात अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज पाँच अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - १७:३८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology