सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार लगातार तेस्रो दिन पनि बढ्यो

शेयर बजार लगातार तेस्रो दिन पनि बढ्यो

नागरिक पाटी

४, बैशाख २०८२
  • 3.5K
    SHARES
  • शेयर बजार लगातार तेस्रो दिन पनि बढ्यो
    images

    शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४९ अङ्कले बढेर २ हजार ७ सय २२ दशमलव ७३ विन्दुमा पुगेको छ ।

    images

    आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर र बोटलर्स नेपाल ९बालाजु० कम्पनीको शेयर भने ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ३७ लाख कित्ता शेयर १० अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।

    यो कारोबार रकम झन्डै डेढ महिनायताकै उच्च हो । यसअघि गएको फागुन २१ गते १० अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - १६:५१:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology