शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीको आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय भवन शिलान्यास

गजुरीको आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय भवन शिलान्यास

नागरिक पाटी

६, बैशाख २०८२
  • 6.2K
    SHARES
  • गजुरीको आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय भवन शिलान्यास

    धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलान्यास गरिएको छ ।

    images
    images

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य तथा पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भवनको शिलन्यास गरेका हुन् ।

    पुस्तकालय भवन निर्माण पश्चात क्याम्पसमा अध्ययनरत विद्यार्थी लक्षित मात्र नभई समुदायको पहुँचमा रहने गरी पुस्तकालय निर्माण गर्ने अभिष्ट रहेको पाण्डेले बताए ।

    अहिलेको समयमा पछिल्लो पुस्तामा पठन संस्कृतिप्रति देखिएको विकर्षणका कारण आधुनिक पुस्तकालय निर्माण गरी खोज तथा अनुसन्धानको केन्द्र बनाउने र खोजमुलक पठन संस्कृतिप्रति समुदायलाई पनि सुसुचित गराउने ध्येयले यस पुस्तकालय भवन निर्माण गरिएको पनि उनले बताए ।

    सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भवनको रोमन एण्ड रीता इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा.लि. ठेक्का पाएको छ ।

    २०८२ साल असार २० मा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले जानकारी दिईन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ६, २०८२ शनिवार - ०६:०२:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology