हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ७५ अङ्कले घटेर २ हजार ६ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ८ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।