मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

लगातार घटेको नेप्सेमा झिनो सुधार

लगातार घटेको नेप्सेमा झिनो सुधार

नागरिक पाटी

११, बैशाख २०८२
  • 4.5K
    SHARES
  • लगातार घटेको नेप्सेमा झिनो सुधार

    साताभर गिरावट आएको सेयर बजार सूचक (नेप्से) आज झिनो अंकले वृद्धि भएको छ। यसअघि चार दिनसम्म नेप्सेमा गिरावट आएको थियो। बुधबार नेप्से ३२.३८ अंकले गिरावट हुँदा शुक्रबार ३ अंकले वृद्धि हुँदै २६५८.९४ विन्दु कायम भएको हो। आज कारोबार रकमसमेत झिनो मात्रामा बढेको छ। बुधबार ७ अर्ब ५७ करोड कारोबार भए पनि आज ७ अर्ब ८७ करोड बराबरको सेयर कारोबार भएको हो।

    images

    यसैबीच, दुई कम्पनीहरू आज नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेड र क्रेट माइक्रो लाइफ इन्स्युरेन्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    यसैबीच आज जम्मा ८३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक हुँदा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।

    नेप्सेका अनुसार नेपाल हाइड्र डेभलपर्स लिमिटेटले सबैभन्दा बढी गुमाएको छ। यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि गिरावट आएको छ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १५:३३:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology