शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ५८ अङ्कले बढेर २ हजार ६ सय ६१ दशमलव ६० विन्दुमा पुगेको छ ।
आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड र व्यापार समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ८४ लाख कित्ता शेयर १० अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ ।