आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गजुरी गाउँपालिकाद्धारा पञ्चवर्षिय योजना सम्बन्धि अन्तरक्रिया

गजुरी गाउँपालिकाद्धारा पञ्चवर्षिय योजना सम्बन्धि अन्तरक्रिया

नागरिक पाटी

२३, बैशाख २०८२
  • 4.4K
    SHARES
  • गजुरी गाउँपालिकाद्धारा पञ्चवर्षिय योजना सम्बन्धि अन्तरक्रिया

    धादिङको गजुरी गाउँपालिकाले पहिलो पञ्चवर्षिय आवधिक विकास योजना तर्जुमाका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । समग्र गजुरी गाउँपालिकाको विकासका लागि आगामी नीति, कार्यक्रम तथा बजेटका विषयमा कार्यशाला गोष्ठिमा छलफल गरिएको हो ।

    images

    अन्तरक्रिया तथा कार्यशाला गोष्ठिबाट तर्जुमा हुने पञ्चवर्षिय आवधिक विकास योजनाले गजुरी गाउँपालिकाको वर्तमा अवस्था, श्रोत साधनको प्राप्ति र परिचालन तथा सम्भावनाहरुको विश्लेषण गरी समृद्ध गजुरी गाउँपालिका निर्माणमा ठूलो योगदान पुग्ने अपेक्षा रहेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

    गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला विशुरालले गुणस्तरयुक्त पूर्वाधारहरूद्वारा जनताको जीवनस्तरलाई सहज र सरल बनाउंदै उद्यमशिलताको विकासद्वारा आर्थिक सम्वृद्धिमा टेवा पुर्याउने खालका योजना आवश्यक रहेको बताउनुभयो । त्यस्तै, प्रमुख प्रशासकिय अधिकृत होम बहादुर राउतले गाउँपालिका र यस अन्तर्गतका निकायहरूबाट प्रवाह गरिने सेवाको गुणस्तर वृद्धिगर्दै आधुनिक प्रविधियुक्त पूर्वाधारहरूको विकाससहित स्थानीय उत्पादनमा व्यवसायिक संस्कारको विकासगर्दै थप रोजगारीको सृजना गरी गाउँपालिकाबासीको आर्थिक अवस्था सुधार गर्नु पर्ने बताउनुभएको छ ।

    गजुरी गाउँपालिकाका वडा अध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा गाउँपालिकाले पहिलो पञ्चवर्षिय आवधिक विकास योजना तर्जुमाका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - ०७:२६:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology